आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्याजदरको विषयमा अर्थमन्त्रीको चासो : ‘घटाउन सकिन्छ ?’

सोमबार, २० चैत २०७९, १४ : ५५
सोमबार, २० चैत २०७९

काठमाडौँ । बैंकको ब्याजदरको विषयमा अर्थमन्त्री डा.प्रकाश शरण महतले चासो देखाएका छन् । उच्च ब्याजदरका कारण बजारमा तरलता प्रवाह कम भई उद्योग व्यापार तथा व्यवसाय सञ्चालनमा समस्या भएको भन्ने व्यवसायीको गुनासो बढेपछि अर्थमन्त्री डा.महतले सोमबार बैंकर्ससँग छलफल गरेका हुन् । 

नेपाल बैंकर्स संघ (एनबीए) का पदाधिकारीहरूसँग छलफल गरेका अर्थमन्त्री डा.महतले ब्याजदर घटाउन सकिन्छ कि सकिँदैन भनेर चासो राखेका छन् । 

‘उच्च ब्याजदरका कारण उत्पादनमा जान व्यापार व्यवसाय गर्न गाह्रो भयो भन्ने व्यवसायीको गुनासो छ । बजारमा तरलताको प्रवाह नै हुन सकेन भन्ने गुनासो छ । वास्तविकता के हो तपाईँहरू नै बढी जानकार हुनुहुन्छ । अहिलेको ब्याजदरमा केही कम गर्न सकिने ठाउँ छ ?’ जिज्ञासा राख्दै अर्थमन्त्री डा.महतले भने । यदि ब्याजदर घटाउने ठाउँ भए बिचार गर्न बैंकर्ससँग आग्रह गरे ।

सोही अवसरमा अर्थमन्त्री डा. महतले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन आफूले नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वयन गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता जाहेर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप