आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वको पहिलो मोबाइल : १.१ केजी तौल, चार्ज हुन १० घण्टा

सोमबार, २० चैत २०७९, १६ : ००
सोमबार, २० चैत २०७९

३ अप्रिलको दिन विश्वको टेलिकमको इतिहासमा सबैभन्दा ठुलो घटनाहरू मध्ये एक हो । आजको दिन अर्थात् ३ अप्रिल १९७३ मा अमेरिकाको न्युयोर्क सहरमा विश्वको पहिलो मोबाइल फोन सार्वजनिक भएको थियो । यो फोन मोटोरोलाले बनाएको थियो र यो  बनाउने श्रेय कम्पनीका कर्मचारी मार्टिन कुपरलाई दिइएको थियो । ५० वर्षअघि कुपरको यो उपलब्धि कति ठुलो थियो, अहिलेको युगमा मोबाइलबिनाको जीवन कल्पना गर्न सकिँदैन भन्ने कुराले पुष्टि गर्छ । त्यसैले मार्टिन कुपरलाई सेल फोनको पिता पनि भनिन्छ ।

पहिलो मोबाइल फोनको नाम यो थियो

मोटोरोलाले जुन मोबाइल फोन पेश गरेको थियो त्यसको नाम DynaTAC 8000X थियो । भर्सेज डट कमको रिपोर्ट अनुसार मोटोरोलाले ल्याएको फोनको वजन करिब १.१ किलोग्राम थियो । र यसको लम्बाइ–चौडाइ (23 x 13 x 4.5 cm) थियो । यो फोनमा ३० मिनेट मात्र टक टाइम उपलब्ध थियो र चार्ज गर्न १० घण्टा लाग्थ्यो ।  तर, मोबाइल फोन सर्वसाधारणको हातमा पुग्न १० वर्ष लाग्यो । किनभने मोटोरोलाले जुन फोन सन् १९७३ मा पेश गरेको थियो, त्यो प्रोटोटाइप थियो र त्यसको १० वर्षपछि सन् १९८३ मा कम्पनीले सर्वसाधारणका लागि यही फोन सार्वजनिक गर्‍यो । त्यति बेला यसको मूल्य ३,९९५ डलर थियो । आजको डलरको मूल्यको आधारमा हेर्ने हो भने यसको मूल्य ५ लाख २४ हजार रुपैयाँ पर्छ । 

तर कूपर दुःखी

मोबाइलले विश्व भरी क्रान्ति ल्याएको कुरामा दुई मत छैन । तर ५० वर्ष अघि जुन व्यक्तिले यसलाई विश्वको अगाडि पेश गरे उनी नै दुःखी छन् । उनले हालै एक अन्तरवार्तामा मोबाइलको सकारात्मक र नकारात्मक पक्षबारे कुराकानी गरेका छन् । उनले भने, ‘मोबाइल अपार सम्भावना भएको उपकरण हो । एक दिन यसले मानिसको उपचारसमेत गर्छ । तर अब मानिसको फोनप्रतिको आशक्ति अलि बढी नै छ । म त्यति बेला असाध्यै दुःखी हुन्छु जब कुनै व्यक्ति सडक पार गर्ने बेलामा समेत मोबाइल हेरिरहेका हुन्छन् र उनीहरूको ध्यान अरू कतैतिर हुँदैन ।’

नोकियाले बाटो देखायो

विश्वलाई पहिलो मोबाइल फोन मोटोरोलाले दिए पनि यसको बाटो नोकियाले देखाएको थियो । उसले सन् १९४७ मा कार फोन लन्च गरेको थियो जुन पहिला वायरलेस थियो । यो फोन कारमा राखिएको हुन्थ्यो । यो फोन धनीबीच निकै लोकप्रिय थियो । तर यसका आफ्नै सीमा थिए । यो कारबाट नै चल्न सक्थ्यो । तर कार फोनले वायरलेस फोनको लागि बाटो देखायो जसलाई सन् १९७३ ले मोटोरोलाले पूरा गर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप