सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ फिल्म ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’

सोमबार, २० चैत २०७९

काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको अभिनय रहेको फिल्मको सार्वजनिक गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ ।

गीतमा फिल्मकी कलाकार सन्ध्या रेग्मीको अभिव्यक्ति व्यक्त गरिएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा एउटा परिवारको मनोविज्ञानलाई सुरक्षा र कमलमणिबीचको अन्तरद्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ । फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया