सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

सोमबार, २० चैत २०७९, २३ : १२
सोमबार, २० चैत २०७९

काठमाडौँ । काठमाडौँको कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोकका ३५ वर्षीय हरिशरण अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रक र बीए एए ९८३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँचीका ३४ वर्षीय भुपती पाण्डेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सङ्लग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा १९ च ३३०८ नम्बरको हात्ती गाडीले बागमती प्रदेश ०२– ०४० प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका २७ वर्षीय उपेन्द्र बुढाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धारामा गए राति मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप