'माननीयज्यू मोबाइल स्विच अफ गर्नुस्'
मङ्गलबार, २१ चैत २०७९, १४ : ४३
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहेका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका थिए । उहाँले भने, ‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस् ।’
सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।