आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध, एक उजुरी

मङ्गलबार, २१ चैत २०७९, १७ : ४९
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध र एक उजुरी परेको छ । 

सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीन जनाले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गरेका हुन् । त्यस्तै उजुरी दिनेमा युवराज सफल रहेका छन् । लामिछानेविरुद्धको उजुरीबारे निर्णयका लागि स्पष्टीकरण सोध्दै निर्वाचन आयोगमा पठाएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । 

दाबी विरोधको सूचना दिनेमा स्वतन्त्र उम्मेदवार सुवास थापा, शिव बहादुर सुवेदी र राजमो उम्मेदवार जनकराज थापाका प्रतिनिधि डम्बर पुरी रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप