आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पदभार ग्रहण गर्दै ओझाले भने - त्रिवि अब क्यालेण्डर अनुसार चल्नुपर्छ

बुधबार, २२ चैत २०७९, ०८ : ४५
बुधबार, २२ चैत २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन सभापति श्यामराज ओझाले पदभार ग्रहण गरेका छन् । मंगलबार उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले विश्वविद्यालयलाई क्यालेण्डरअनुसार चलाउन हर तरिकाले सहयोग गर्ने र क्यालेण्डरलाई प्रभावित पार्ने कुनै पनि क्रियाकलापहरू नगर्ने प्रतिबद्धता जनाएका छन् ।

भीसी नियुक्तिमा ओभरल्यापिङ टेनर सुरु गर्नुपर्ने भन्दै उनले कानुन पढाउने विश्वविद्यालय आफ्नै ऐन मान्दैन भन्ने दिन आउन नदिन डटेर लाग्ने जिकिर गरे । घर खेत बेचेर विश्वविद्यालय छिरेको विद्यार्थी ऋण र डकुमेन्टको भारी बोकेर विदेशीने दिनको अन्त्य गरिनुपर्ने उनले बताए । 

' २०/२५ वर्ष आमाबुबाले कमाएको सम्पत्ति सकेर २०/२५ वर्ष विदेशमा पसिना बगाउनु पर्ने दिन नआओस्,' उनले भने । विद्यार्थी ‘ड्रपआउट रेट’ अत्याधिक भएकोले घटाउन सबै सुविधा उपलब्ध गराउनुपर्ने अहिलेको आवश्यकता रहेको ओझाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप