सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियम लिगमा चेल्सी र लिभरपुल गोलरहित बराबरीमा

बुधबार, २२ चैत २०७९, ०८ : ४४
बुधबार, २२ चैत २०७९

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । अन्ततः खेल बराबरीमा टुङ्गियो । 

यद्यपि, दोस्रो हाफको ५०औँ मिनेटमा काई हाभर्टजले गोल गरेको पनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी १–० को अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अन्ततः बराबरीमा टुङ्गियो । 

यस बराबरीसँगै लिभरपुल २८ खेलबाट ४३ अङ्क जोडेर आठौँ स्थानमा  छ भने चेल्सी २९ खेलबाट ३९ अङ्क जोडेर ११औँ स्थानमा यथावत् छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप