बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोशी, कर्णाली र गण्डकी प्रदेशमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

बिहीबार, २३ चैत २०७९, ०६ : ०२
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  कर्णाली, गण्डकी र कोशी प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति मौसम सामान्यतया सफा रहेपनि शुक्रबार भने कोशी र गण्डकी प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप