सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेन्जेमाको ह्याट्रिकमा बार्सालाई हराउँदै रियल फाइनलमा

बिहीबार, २३ चैत २०७९, ०७ : ०६
बिहीबार, २३ चैत २०७९

क्याम्प नाउ । करिम बेन्जेमाले दोस्रो हाफ गरेको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा १–० ले पराजित रियलले बार्सालाई उसैको घरेलु मैदानमा ४–० ले पराजित गर्दै समग्रमा ४–१ को जीत हासिल गरेको हो ।

पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा बेन्जेमाले आठ मिनेटको अन्तरमा दुई गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर अर्को गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे । 

बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो । गत आइतबार उनले ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक गरेका थिए । योसँगै रियलले बार्साविरुद्ध लगातार तीन एल क्लासिकोमा हारको शृङ्खलामा पनि बिराम लगाएको छ । अब मे ६ मा हुने फाइनलमा रियलले ओसासुनाको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप