सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्रेन्टफोर्डलाई हराउँदै युनाइटेड शीर्ष चारमा

बिहीबार, २३ चैत २०७९, ०७ : १४
बिहीबार, २३ चैत २०७९

म्यानचेस्टर । ब्रेन्टफोर्डमाथि संघर्षपूर्ण जीत निकाल्दै म्यानचेस्टर युनाइटेड पुन: प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । बुधबार राति भएको खेलमा युनाइटेड १–० गोलले विजयी बन्यो ।

युनाइटेडको जीतमा मार्कस रासफोर्डले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । लिगमा यो सिजन उनको यो १५ औँ गोल थियो भने सबै प्रतियोगितामा उनको २८ औँ गोल थियो । उता युरोपियन क्वालिफिकेसनका लागि संघर्ष गरिरहेको ब्रेन्टफोर्डको यो पछिल्ला १७ खेलमा मात्र दोस्रो पराजय थियो । 

जीतसँगै चौथो स्थानमा रहेको युनाइटेडको २८ खेलबाट ५३ अंक रहेको छ । तेस्रो स्थानमा रहेको न्युक्यासलसँग युनाइटेडको अंक बराबर रहेको छ । न्युक्यासलले बुधबार नै वेस्ट ह्याममाथि ५–१ को शानदार जीत हासिल गर्‍यो । ब्रेन्टफोर्ड ४३ अंकसहित लिगको नवौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप