आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा पञ्जाबद्वारा राजस्थान ५ रनले पराजित

बिहीबार, २३ चैत २०७९, ०७ : २२
बिहीबार, २३ चैत २०७९

गुवाहाटी । राजस्थान रोयल्सलाई ५ रनले हराउँदै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हासिल गरेको छ । बुधबार भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९२ रन मात्र बनाउन सक्यो ।

कप्तान सञ्जु स्यामसनले ४२, सिमरोन हेटमायरले ३६ तथा ध्रुव जुरेलले ३२ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । राजस्थानलाई रोक्न नाथन एलिसले ४ तथा अर्शदीप सिंहले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान शिखर धवनको ८६ तथा प्रभसिमरन सिंहको ६० रनको मद्दतले ४ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो । राजस्थानका लागि जेसन होल्डरले २ तथा रवीचन्द्रन आश्विन र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप