सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लाम्पार्डलाई चेल्सीको अन्तरिम म्यानेजर बनाइने

बिहीबार, २३ चैत २०७९, ०७ : २८
बिहीबार, २३ चैत २०७९

लण्डन । क्लबले बर्खास्त गरेको दुई वर्षपछि फ्रान्क लाम्पार्डलाई सिजनको अन्त्यसम्म चेल्सीको अन्तरिम म्यानेजर नियुक्त गर्ने तयारी गरिएको छ। एक वर्षभन्दा कम समय नेतृत्वमा रहेका लाम्पार्डलाई एभर्टनले बर्खास्त गरेपछि उनी जनवरीदेखि कामविहीन थिए ।

चेल्सी र इङ्गल्याण्ड पूर्वमिडफिल्डरले यसअघि जुलाई २०१९ देखि जनवरी २०२१ सम्म चेल्सीको व्यवस्थापन गरेका थिए ।  उनको स्थानमा थोमस टुकल क्लबमा आएका थिए। टुकलका उत्तराधिकारी ग्राहम पोटरलाई आइतबार बर्खास्त गरिएको थियो।

चेल्सी हाल प्रिमियर लिगको ११ औं स्थानमा रहेको छ । यस सिजन नयाँ खेलाडीहरूका लागि ५५ करोड पाउन्डभन्दा बढी खर्च गरे तापनि चेल्सी शीर्ष चार भन्दा १४ अंकले पछि रहेको छ।

चेल्सीले शनिबार प्रिमियर लिगमा वुल्भ्सको यात्रा गर्नेछ भने र १२ अप्रिलमा उनीहरूको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडको सामना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप