आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोलखाको कालिञ्चोकमा भेटियो मानव कङ्काल

बिहीबार, २३ चैत २०७९, ०९ : १०
बिहीबार, २३ चैत २०७९

दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ  । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही  भाग मात्रै देखिएको छ । उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा  मङगलबार दिउँसो करिब १ बजे मानव कङ्काल भेटिएपछि स्थानीयले वडाध्यक्ष पदमबहादुर थामीलाई खबर गरेका थिए ।

वडाध्यक्ष थामीले विगु चौकी , सिङगटी चैकी र  चरिकोट प्रहरी चौकीमा खबर गरेको बताए । बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम चरिकोट पठाएको रातोपाटीलाई वडाध्यक्ष थामीले बताए । उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप