सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बालाजुको बाईसधारा मेलामा दर्शनार्थीको भीड (फोटोफिचर)
चाडपर्व

बालाजुको बाईसधारा मेलामा दर्शनार्थीको भीड (फोटोफिचर)

बिहीबार, २३ चैत २०७९

काठमाडौँको बालाजुमा आज बाईसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् । 

बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । स्नानका लागि बालबालिका देखि वृद्ध वृद्धासम्म बाईसधारा पुगेका थिए ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएका हुन् । चैत शुक्ल पूर्णिमामा बाईसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया