सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रको गीत ‘घाँटी रेट्नलाई’ मा जिवी चिरन र यशुको प्रेमकथा

बिहीबार, २३ चैत २०७९, १२ : ५१
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक चन्दलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । नन्दु परियारको संगीत गरेको गीतको शब्द प्रकाश न्यौपानेले कोरेका हुन् ।

एक अर्कालाई प्रेम गर्ने प्रेमिल जोडीको वियोगान्त कथा प्रस्तुत गरेको गीतको भिडियो पनि बनेको छ । जसमा प्रेम र विश्वास घात कथाको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा चिरिञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराईको अभिनय देख्न सकिन्छ । 

सिर्जन बरालको निर्देशन रहेको भिडियो गायक चन्दको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप