वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन सांसदको प्रस्ताव
बिहीबार, २३ चैत २०७९, १४ : ४३
काठमाडौँ । प्रतिनिधिसभामा वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन सांसदले प्रस्ताव गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका हुन् ।
यसले आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च हुने प्रवृत्तिको अन्त्य हुने उनको भनाइ छ ।
समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्दै उनले यसका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागु गर्नुपर्नेमा जोड दिए ।