सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गर्ने

बिहीबार, २३ चैत २०७९, १६ : २५
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासी नेपालीलाई सम्बोधन गर्ने भएका छन् । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा आगामी वैशाख १ गते हुने कार्यक्रममार्फत प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गर्न लागेका हुन् ।  

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूलाई वैशाख १ गते बेलुका ७ बजे भर्चुअल माध्यममार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले बताए । सो क्रममा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीका समस्या समेत सुन्ने बताइएको छ । 

 

 यस कार्यक्रमलाई सरकारका राम्रा काम स्वदेश तथा विदेशमा रहेका नेपाली समक्ष पुर्‍याउने महत्त्वपूर्ण अवसरको रूपमा लिइएको छ । कार्यक्रममा अतिथिको रूपमा उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ र सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा समेत सहभागी हुने भएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप