मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मिल्स क्रिकेट प्रतियोगिता : नरपथगन्ज र एनबीएससी फाइनलमा भिड्ने

बिहीबार, २३ चैत २०७९, २० : २३
बिहीबार, २३ चैत २०७९

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । 

आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो । 

उपाधिको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्नेछ । एनबीएससीले बोस्टन झापा, मिल्स एकाडेमी र वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै  फाइनलमा पुगेको हो । नरपथगन्जले भारतको पूर्णिया, बैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ । 

विराटनगर जुट मिलको खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा १९९ रनको विजय लक्ष्य पाएको घरेलु टिम विराटनगरले १५.५ बलमा १० विकेट गुमाउँदै १२४ रनमा सीमित भयो । 

जसमा विराटनगरका अरुण एडिले २९ रन बनाए । अनिल साहले १८ रन र  सुनिल धमालले १७ रन जोडे ।

नरपथगन्जका दिव्य सिंहले ४ ओभरमा ३ विकेट लिए । सक्षमत शर्मा र रवण कुमारले समान २–२  विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ पाएको नरपथगन्जले १९ ओभर २ बलमा १० विकेट गुमाइ १९८ रन बनाएको थियो । नरपथगन्जका अविसेक पाण्डे र विजय भारतीले अर्धशतकीय ईङनिङ खेले ।  अविसेकले २० बलमा ५९ रन बनाए भने विजय भारतीले ५५ रनको योगदान दिए । 

विराटनगरका अरुण एरीले ह्याट्रिक गर्दै ४ विकेट लिए । भुलावन सनीले ३ विकेट लिँदा  मन्जिल श्रेष्ठले १ विकेट लिए । म्यान अफ द म्याच नरपथगन्जका रवण कुमार घोषित भए । 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ पाउँछन् । उपबिजेतालाई ५१ हजार रुपैयाँ  रहेको मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप