आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री डा.महतसँग आईएमएफ र आईएफसीका प्रतिनिधिको भेटवार्ता

बिहीबार, २३ चैत २०७९, २१ : १८
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आईएमएफ र आईएफसीका प्रतिनिधिले भेटवार्ता गरेका छन् । बिहीवार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज र विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले अर्थमन्त्री डा.महतसँग भेटवार्ता गरेका हुन् ।

अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री डा.महतले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएमएफ र आइएफसीसँगको सहकार्य विगतदेखि नै हुँदै आएको र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न सक्ने विश्वास व्यक्त गरे । त्यसैगरी आईएमएफ र आइएफसीका प्रतिनिधिले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप