सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुम्लाको ओदीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते

बिहीबार, २३ चैत २०७९, २१ : ३७
बिहीबार, २३ चैत २०७९

जुम्ला । जुम्लाको हिमा गाउँपालिका-२ ओदीमा ट्याक्टर दुर्घटना भएको छ । बिहीबार साँझ भएको उक्त दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । 

कालिकोटको ऋखिदेउबाट जुम्लातर्फ आउँदै गरेको भे२त २६१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले बताए । उनका अनुसार ट्याक्टर सडकदेखि अन्दाजी २ सय मिटर तल खसेको थियो । घाइते हुनेमा हिमा-५ का २२ वर्षीय युवराज बम र २ का २३ वर्षीय चालक धन बहादुर रोकाया रहेका छन् । 

घाइतेहरुको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको डीएसपी कार्कीले बताए ।  

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप