सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा दन्त प्रत्यारोपणसम्बन्धी दुई दिने कार्यक्रम सुरु

शुक्रबार, २४ चैत २०७९, १४ : ४६
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । काठमाडौँमा दन्त प्रत्यारोपणसम्बन्धी कार्यक्रम सुरु भएको छ । नेपाल दन्त प्रत्यारोपण चिकित्सा समाजको आयोजनामा अन्तर्राष्ट्रियस्तरको दन्त प्रत्यारोपणसम्बन्धी दुई दिने कार्यक्रम सुरु भएको हो । विश्व बजारमा सन् १९५० बाट दन्त प्रत्यारोपण सुरु भए पनि नेपालमा यसबारे जानकारी कम रहेको दन्त रोग विशेषज्ञ डा। निल पाण्डे बताए ।

नेपालमा एउटा झरेको दाँतको ठाउँमा अर्को दाँत राख्नका लागि दुई वटा दाँतलाई काटेर राख्ने चलन छ । अर्को कृत्रिम राख्ने निकाल्ने दाँत लगाउने  गरिन्छ । त्यसको सट्टामा विज्ञान प्रविधिको विकास भएसँगै सहज र गुणस्तरीय तरिकाबाट दाँत प्रत्यारोपण गर्न सकिने प्रविधिको विकासबारे जानकारी दिने उद्देश्यले दन्त प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा आयोजना गरिएको पाण्डेले बताए ।

 ‘एउटा झरेको दाँतको ठाउँमा अर्को दाँत राख्नका लागि दुईवटा दाँतलाई काटेर राख्ने चलन र कृत्रिम राखेकालाई हरेक समय मानसिक रूपमा मेरो दाँत होइन, खाँदा कृत्रिम दाँत खोल्ने, अघिपछि लगाउने झन्झटबाट छुटकारा मिल्छ,’ उनी भन्छन्, ‘प्रत्यारोपण गरिएको दाँत कृत्रिम भए पनि आफ्नै दाँत जस्तो हुन्छ स्वास्थ्यमा केही पनि समस्या हुँदैन ।’

विज्ञान र प्रविधिको विकास भएसँगै दाँत प्रत्यारोपणलाई प्राथमिकता दिन आवश्यक रहेको उनले बताए । नेपालमा सन् २००५ बाट दन्त प्रत्यारोपण  सुरु गरिए पनि प्रविधिको विकाससँगै सबै जना अपडेट नभएको उनको दाबी छ ।

नयाँ प्रविधि मार्फत दन्त प्रत्यारोपण गरेको खण्डमा शारीरिक तथा मानसिक सकारात्मकता बढ्ने पाण्डेको भनाइ छ ।

दन्त प्रत्यारोपण गर्दा सानो किल्ला जस्तो ‘टाइटिनियम’ दाँतको जरा राखिदिनुपर्छ । कृत्रिम रूपमा राखिएको जरालाई हड्डीले समातिसकेपछि पेच कसेर नयाँ दाँत जोडेपछि प्राकृतिक दाँत जस्तै हुने उनले बताए । यसरी दाँत प्रत्यारोपण गर्दा गिजामा कुनै पनि समस्या नआउने उनको दाबी छ ।

उनी भन्छन्, ‘दाँत प्रत्यारोपण गरेको व्यक्तिले समेत कृत्रिम दाँत भन्ने नै बसिन्छन् आफ्नै प्राकृतिक दाँत जस्तो हुन्छ ।’

दुई दिनसम्म चल्ने कार्यक्रममा १६ देशका दन्त विशेषज्ञहरूले प्रत्यारोपणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा ३५० जना दन्त चिकित्सकहरूको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप