सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक क्विन्टलभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा, चालक पक्राउ

शुक्रबार, २४ चैत २०७९, २० : ०४
शुक्रबार, २४ चैत २०७९

जनकपुरधाम । धनुषामा प्रहरीले एक क्विन्टलभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ भने चालकलाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो करिब १ बजे प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले खाली ट्रकभित्र जस्तापाताले घेरेर लुकाएर लाँदै गरेको अवस्थामा ना७ ख ४२५१ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार एक क्विन्टल २४ किलो गाँजा बरामद भएको छ ।

ढल्केवरबाट जनकपुरधामतर्फ गइरहेको सो ट्रकलाई विशेष सूराकीको आधारमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । ११ किलोको १२ वटा पोकामा रहेको एक क्विन्टल २४ किलो गाँजासहित ट्रक चालक मनहरी नगरपालिका–८, मकवानपुरका शन्तबिर दोङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका चालकलाई अहिले अस्थायी प्रहरी चौकी लक्ष्मीनियामा राखिएको छ । बरामद गरेको गाँजा, ट्रक र चालकलाई थप अनुसन्धानका लागि प्रदेश प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा पठाउने कार्य गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप