सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा अस्पतालमा आइसियूको उद्घाटन

शुक्रबार, २४ चैत २०७९, २३ : १०
शुक्रबार, २४ चैत २०७९

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू) को आज उद्घाटन गरेका छन् । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो यहाँ आइपुगेका हुन् । 

स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालको स्तरोन्नतीका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “प्रधानमन्त्रीको हैसियतले मैले यसै पनि सहयोग गर्नुपर्ने हुन्छ”, उनले भने, “अझ म यस क्षेत्रको जनप्रतिनिधि पनि भएकाले अझैँ बढी मेरो जिम्मेवारी छ ।”

सोही अवसरमा प्रधानमन्त्री दाहालले अस्पतालको स्वर्ण जयन्ती स्तम्भ अनावरण, स्मारिका विमोचन, अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अस्पतालका पूर्वकर्मचारीलाई सम्मानसमेत गरे । सो अस्पतालको २०२९ साल चैत २४ गते स्थापना भएको हो ।

जिल्लामा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल विसं २०६९ देखि ५० शय्यामा स्तरोन्नती भएर सेवा सञ्चालन गर्दै आएको छ ।  अस्पतालमा आइसियू नहुँदा आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप