सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित औषधिहरूको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस् : औषधि व्यवसायी

शनिबार, २५ चैत २०७९, १३ : ४७
शनिबार, २५ चैत २०७९

काठमाडौँ । औषधि व्यवसायीहरूले औषधि व्यवसायीहरूलाई पनि बिमामा जोड्नुपर्ने माग राखेका छन् ।  शुक्रवार नेपाल औषधि व्यवसायी सङ्घको दोस्रो वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरूले यस्तो माग राखेका हुन् । कायक्रममा बोल्दै बागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीहरूलाई बिमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधि पसलहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताए । उनले भने, ‘हामीमा इन्स्योरेन्सको समस्या धेरै बढेको छ । इन्स्योरेन्सको कारणले गर्दा हाम्रो व्यवसायीहरूको पसल बन्द गर्नुपर्ने अवस्था आइसकेको छ । हामी सबै नेपालीहरू यो इन्स्योरेन्समा जोडिनुपर्छ ।’

उनले बिमामा औषधि व्यवसायीहरूलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गरे । अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बिमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिए । ‘सरकार उपस्थित नभएको ठाउँमा हामी व्यवसायीले सेवा दिइरहेका छौँ, सरकारको पनि उद्देश्य भनेको पीपीएम छ भने इन्स्योरेन्सको पोलिसीमा हामी औषधि व्यवसायीहरूलाई किन संलग्न गराउन नसक्ने ?’ उनले भने, ‘बीमा समितिसँग वा अरू मन्त्रालयसँग कुरा गर्ने हो की त्यससँग लविङ गरेर औषधि व्यवसायीहरूलाई बिमामा संलग्न गर्न नसके निकट भविष्यमा हाम्रो औषधि पसल बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछ । औषधि व्यवसायीहरूलाई पनि इन्स्योरेन्समा सहभागी गराइयोस्, हाम्रो व्यवसाय सुरक्षित गरियोस् ।’

कार्यक्रममा औषधि व्यवसायी डा.सन्तोष केसीले नेपालमा औषधि फार्मेसीहरूलाई घटाइ व्यवस्थित गर्नुपर्ने बताए । उनले औषधि पसलहरू नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्नेमा जोड दिए ।  उनले भने, ‘हाम्रो नेपाल एकदमै धेरै फार्मेसी भएको ठाउँ रहेछ । अमेरिकामा भन्दा पनि धेरै घनत्व छ । १८ सय जना बराबर एउटा फार्मेसी रहेछ, यस्तो कतै पनि हुँदैन । औषधि पसलहरू भनेको नियन्त्रित व्यवसाय भित्र पर्छ, यो एउटा उपभोग्य वस्तु भए पनि यो अन्य किसिमका वस्तु जस्तो होइन । त्यसैले यसमा राज्यले सोच्नुपर्ने हुन्छ ।’ 

केसीले यो प्रवृत्तिलाई हटाउनुपर्नेमा जोड दिए । ‘कतिपय अमर्यादित रूपमा पनि औषधि व्यवसाय सञ्चालन भइरहेको देखिएको छ । विभिन्न रोक लगाइएका औषधिहरू गैर कानुनी रूपमा बेच्ने, यो प्रकृति बढेको छ, यसलाई निरुत्साहित गर्नुपर्छ, यसमा राज्यले मात्रै सक्दैन, तपाईँहरू पनि जागरूक हुनुपर्छ । औषधि फार्मेसी पसलहरूलाई कसरी घटाउने र कसरी बढी भन्दा बढी सेवामुखी भावना र व्यावसायिक रूपले अघि बढ्न सकिन्छ’ उनले भने । औषधि व्यवसायी केसीले फार्मेसीहरूमा विकृति धेरै बढेको बताए । उनले अमर्यादित रूपमा व्यवसायहरू सञ्चालन भइरहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप