सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
जब एक्कासि घरहरू भासिन थाले...
फोटोफिचर

जब एक्कासि घरहरू भासिन थाले...

शनिबार, २५ चैत २०७९

ललितपुर । शुक्रबार राति बखुण्डोलमा राति स्थानीयवासीको एक्कासि भागदौड मच्चियो । समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर एक्कासि भासिएपछि उनीहरू ज्यान जोगाउन दौडिन परेको थियो ।  अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् ।

निर्माणाधीन अपार्टमेन्ट वरिपरिका घरहरू एकतला जति भासिएका छन् । डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।  अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ । नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घर समेत भासिन पुगेको भन्दै उनीहरूले आक्रोश पोखे । उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन् । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबारविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया