मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मिल्स टि–२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

शनिबार, २५ चैत २०७९, १९ : ०७
शनिबार, २५ चैत २०७९

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ ।विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगन्जले १ लाख ११ हजार पायो । उपविजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझायो ।

१५८ रनको विजय लक्ष्य पछ्याएको नरपथगन्जले १८.२ बलमा ७ विकेट गुमाई पुरो गर्‍यो । नरपथगञ्जका भानु आन्दले ३५ बलमा ६३ रनको अर्धशतकीय पारी खेले । उनको ६ छक्का र ४ चौका प्रहार गरे । उत्कृष्ट प्रदर्शन गर्ने नरपथगञ्जका भानु म्यान अफ द फाइनल पनि घोषित भए । उनले ११ हजार रुपैयाँ पाए ।  नरपथगञ्जका विजय भारतीले ३६ रन बनाउँदै अविजित रहे । साहिल कुमारले २५ रनको योगदान दिए । 

विराटनगरका विधान गोस्वामीले ३.२ बलमा ३३ रन खिर्चिएर ४ विकेट लिए । साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट भइ १५७ रनमा सीमित भयो । विराटनगरका रोहन बिकेले ३५ बलमा ४४ रन बनाए । यस्तै प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए ।  नरपथगञ्जका अमन सिंहले, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान २/२ विकेट लिए । 

प्रतियोगिताका बेस्ट ब्याटर नरपथगन्जका अभिषेक पाठक भए । यस्तै बेस्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव, प्लेयर अफ द सिरीज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरू सबैले जनही १५ हजार रुपैयाँ पाए । उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले पाँच हजार पाए ।

बिजेता हुने टिमलाई क्यान केन्द्रीय  कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य साना डंगोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप