मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दिल्लीको लगातार तेस्रो हार

शनिबार, २५ चैत २०७९, १९ : ५३
शनिबार, २५ चैत २०७९

गुवाहाटी । लगातार तेस्रो हार बेहोर्दै दिल्ली क्यापिटल्स शनिबार राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको छ । राजस्थानले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा मात्र १ सय ४२ रन बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान डेविड वार्नरले सर्वाधिक ६५ तथा ललित यादवले ३८ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् । राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले ३–३ विकेट लिए भने रवीचन्द्रन आश्विनले २ विकेट लिए ।

यसअघि ओपनरद्वय यशस्वी जैसवाल र जोस बट्लरको शानदार पारीको मद्दतले राजस्थानले ४ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो । बटलरले ७९ तथा जैसवालले ६० रन बनाए । यसैगरी सिमरोन हेटमायरले ३९ को योगदान दिए । दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप