सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
भियतनामविरुद्ध नेपालको असफल प्रयास, तस्बिरहरू
फोटोफिचर

भियतनामविरुद्ध नेपालको असफल प्रयास, तस्बिरहरू

शनिबार, २५ चैत २०७९

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एसियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल भएको हो । 

यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ । फिफा  वरियताको ३३ औँ स्थानमा रहेको बलियो भियतनामसँग पहिलो खेलमा ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्तब्ध हुन पुगेको हो । घरेलु मैदानमा आयोजना भएको खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो ।

सुरुवात १० मिनेटमा नै २ गोलले पछि परेको नेपालले पहिलो हाफको अन्त्यतिर केही राम्रो प्रदर्शन गर्दै खेलमा फर्किने सङ्केत देखाए पनि असफल रह्यो । पहिलो हाफमा २–० को अग्रता लिने क्रममा भियतनामकी फाम हायी यनले गरेकी हुन् । खेलको छैटौँ मिनेटमा यनको गोलमार्फत भियतनामले अग्रता लिएको थियो । नेपाली टोलीको रक्षा पङ्क्तिले क्लियर गर्न नसकेको बललाई यनले जाली चुमाउन सफल भएकी थिइन् । 

त्यसको एक मिनेटपछि नै यनले टोलीको अग्रता दोब्बर बनाइन् । ट्रान थि ठु थाओको क्रसमा तीन नेपाली रक्षहरुको बीचबाट आकर्षक शैलीमा बललाई नियन्त्रणमा राख्दै उत्कृष्ट गोल गरिन् । २३ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षक खोंग थि हांगले जोगाइन् । ३९ औँ मिनेटमा सावित्री वान भर्सेस वान अवस्थामा चुकिन् । पहिलो हाफमा २–० ले पछि परेको नेपालले खेलमा फर्किन निकै संघर्ष गरे पनि अन्तर घटाउन असफल रह्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया