सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डी लिटको उत्कृष्ट गोलमा बायर्न शीर्ष स्थानमा कायम

शनिबार, २५ चैत २०७९, २१ : ४२
शनिबार, २५ चैत २०७९

बर्लिन । म्याथियस डी लिटको उत्कृष्ट गोलको मद्दतले बायर्न म्युनिखले फ्रिबर्गलाई हराउँदै जर्मन बुन्डेस लिगको शीर्ष स्थानमा कायम रहेको छ । डच डिफेन्डरले २५ यार्ड टाढाबाट गरेको एक मात्र गोल खेलमा निर्णायक निर्णायक बन्यो ।
गत मंगलबार बायर्नलाई कप प्रतियोगितामा हराएको फ्रिबर्गका लागि रिट्सु डोआनको प्रहार पोस्टमा लागेको थियो भने रोलान्ड सालीको प्रहार यान सोमरले बचाउ गरेका थिए । 

उता, युनियन बर्लिनलाई २–१ ले हराउँदै बोरुसिया डर्टमण्ड थोमस टुकलको टोलीभन्दा दुई अङ्कले पछि परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप