सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता

आइतबार, २६ चैत २०७९, ०६ : २७
आइतबार, २६ चैत २०७९

काठमाडौँ ।  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले २–० को सहज जित निकालेको छ ।

घरेलु टोली नाइसमाथि पिएसजीले  २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ । 

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको  २६औँ मिनेटमा मेस्सीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पिएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्‍यो । दोस्रो हाफको ७६औँ मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुङ्गियो । 

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अङ्क थपेको छ । जसअनुसार  पिएसजीको ३० खेलबाट ६९ अङ्क हासिल गरेको छ भने पराजित नाइस ४५ अङ्क जोडेर आठौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप