सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बलात्कारको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

आइतबार, २६ चैत २०७९, ०८ : ३०
आइतबार, २६ चैत २०७९

ओखलढुङ्गा । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले  ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्सिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार एक २४ बर्सिया युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई पक्राउ परेका हुन ।  

पक्राउ परेका कटुवालमाथि सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेको भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप