आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इरान : महिलाको हिजाबमाथि निगरानी राख्न क्यामेरा जडान

आइतबार, २६ चैत २०७९, ०९ : ३६
आइतबार, २६ चैत २०७९

इरानमा हिजाब लगाउने महिलामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।

प्रहरीले यसबारे घोषणा गर्दै कपाल नढाक्ने महिलाको पहिचान गरेर उनीहरूलाई मेसेजमार्फत चेतावनी दिने जानकारी दिए ।

प्रहरीले यसमार्फत हिजाब कानुनविरुद्ध विरोधलाई रोक्न मद्दत मिल्ने बताएको छ । 

अघिल्लो वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि पूरा इरानमा हिजाबविरुद्ध प्रदर्शन सुरु भएको थियो । त्यसपछि यस्तो निर्णय लिइएको हो । महसा अमिनीलाई हिजाब नलगाएका कारण पक्राउ गरिएको थियो ।

त्यसयता धेरै महिलाले हिजाब फुकालेर विरोध गरे र यो विरोधको प्रभाव इरानसँगै विदेशमा पनि देखिएको थियो ।

सन् १९७९ मा इरानी क्रान्तिपछि देशमा धार्मिक कानुनलाई कडाइका साथ लागू गरियो र यसअन्तर्गत महिलाहरूले हिजाब लगाउन अनिवार्य गरिएको थियो । हिजाब नलगाउँदा महिलाले जरिवाना वा सजाय भोग्न सक्नेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप