आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका जिल्लामा घुम्ती सिनेमा कार्यक्रम

आइतबार, २६ चैत २०७९, ११ : २५
आइतबार, २६ चैत २०७९

काठमाडौँ । चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका जिल्लाहरू गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । ती जिल्लाहरूका एक साताको घुम्ती सिनेमा कार्यक्रम गरेको चलचित्र विकाश बोर्डले जनाएको छ । कार्यक्रममा चलचित्र भवनहरू नभएका क्षेत्रमा विद्यालयको भवन, सामुदायिक भवन, क्लब एवं खुल्ला स्थानहरूमा चलचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकको अलवा समाजसेवी, जनप्रतिनिधिहरू, व्यवसायी, राष्ट्रसेवक कर्मचारीहरू लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सम्बन्धित गाउँपालिका र नगरपालिकाका प्रमुखहरू समेत सहभागी कार्यक्रमको चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोलाका संयोजन रहेको थियो । कार्यक्रममा नेपाली कथानक चलचित्रहरू ऐना झ्यालको पुतली, आमा, पचे गोरे (गुरुङ भाषा), गोपी, अग्नि दहन र वृत्तचित्र ग्रेटर नेपाल प्रदर्शन गरिएको थियो ।  सिनेमा घरको पहुँच भन्दा टाढा रहेका सहर, बस्ती र समुदायमा पुगी नेपाली राष्ट्रिय भाषा र स्थानीय भाषामा निर्माण भएका चलचित्रहरूको प्रदर्शन गरी नेपाली सिनेमा हेर्ने संस्कृतिको विकास गर्न घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान चलाएको विकास बोर्डले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप