आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिष्पर्धीलाई एनआरएनएको सम्मान

आइतबार, २६ चैत २०७९, १४ : २८
आइतबार, २६ चैत २०७९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को विश्वस्तरीय प्रतिष्पर्धाका लागि इन्ट्रा‐नेशनलवेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका मार्फत नेपाल आएका नेपाली मूलका कलाकारलाई विशेष सम्मान गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका २ सय जना कलाकारलाई सम्मान गरिएको हो । इन्ट्रा‐नेशनलवेल फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा नेपालसहित, भारत, थाइल्याण्ड, म्यानमार, अमेरिका, अष्ट्रेलिया, यूरोपेली विभिन्न मुलुक लगायतका नेपाली मूलका २ सय ४० प्रतिष्पर्धी छन् । 

कार्यक्रममा संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्द्धन गर्दै विश्वभरका नेपाली जातिलाई संस्कृतिका माध्यमबाट जोड्ने अभियानमा नेतृत्वदायी योगदान गरेको प्रति सम्मान प्रकट गर्दै मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भव्य सफलताको शुभकामना व्यक्त गरे । 

दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने अभियानमा एनआरएनले लामो समयदेखि पहल गर्दै आएको  अध्यक्ष केसीले बताए ।

इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले गीत र संगीतका माध्यमबाट भाइचारा सहितको नेपाली जातिय एकता सुरु गरेको र त्यसमा एनआरएनएको सहकार्यका लागि आभार व्यक्त गरे । थाइल्याण्ड, म्यानमार लगायतका देशमा रहेका नेपालीलाई पनि कानूनी आधारसहितको परिपत्र प्रदान गर्न गैरआवासीय नेपाली नीति संशोधनका लागि उहाँले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप