आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले सरकार नभएसम्म देश विकास हुँदैन : ओली

आइतबार, २६ चैत २०७९, १६ : १०
आइतबार, २६ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म यो देशको विकास नहुने बताएका छन् । आइतबार धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलेमात्रै देश विकास गर्ने दावी गरेका हुन् ।

‘तसर्थ एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन’, अध्यक्ष ओलीको भनाइ छ । उनले एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताए । उनले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताए । उनले मजबुत राष्ट्रिय

शक्ति बनाउन नै एमालेले मिसन ग्रासरुट अभियान थालेको भन्दै सचेत जनताको संगठित शक्ति एमाले जनताको घर आँगनमा पुगिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप