सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नक्कली विज्ञापन राखी ठगी गरेको आरोपमा एक युवक पक्राउ

आइतबार, २६ चैत २०७९, १६ : २९
आइतबार, २६ चैत २०७९

काठमाडौँ । नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  हुम्ला सिमकोट ४ का २४ वर्षीय उपेन्द्र शाही रहेका छन् । उनलाई भक्तपुरको बालकोटबाट आइतवार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

शाहीले हाम्रो बजार डट नामको वेभसाइटमा नक्कली विज्ञापन राखी ठगी गरेको प्रहरीले बताएको छ । ठगीसम्बन्धी कसूरमा  पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका  अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप