सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

को हुन् बहादुरसिंह लामा ?

आइतबार, २६ चैत २०७९, १९ : ४७
आइतबार, २६ चैत २०७९

मकवानपुर । गत मंसिर ४ गते भएको निर्वाचनमा नुवाकोट– २ (प्रदेशसभा –ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका बहादुर सिंह लामा प्रदेशको आर्थिक मामिता तथा योजना मन्त्री नियुक्त भएका छन् ।

२०४३ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिमा लागेर लामा नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय छन् । उनी हाल कांग्रेसको वर्तमान केन्द्रीय सदस्य रहेका छन् । उनले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका नेता तथा निर्माण व्यवसायी लामा विभिन्न संघ संस्थामा आबद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय छन् । लामा २०५४ सालमा गाविस बनेर अध्यक्ष जनप्रतिनिधिको भूमिकामा रहेर काम गरेका थिए ।

नुवाकाटलाई विकासको गतिमा डो¥याउन उनको महत्त्वपूर्ण भूमिका हरेको छ । त्रिशूली खोलामा निर्माण भएका महादेवस्थान–दर्शनटार पुल, सिर्खाली पुल, ढोडबेसी–बुधसिं पुल, तुप्चे–भैंसे पुल, बुङताङ –ब्रामनचेत पुल, पहरेखोप–बगुवा पुल, मनकामना–फिकुरी –काहुले –भाल्चे – साल्मे सडक कालोपत्रे, खड्गभञ्ज्याङ– छत्रेखोला– नेवारपानी– तारुका सडक, हात्तिगौंडा राईसिं– हर्कपूर –देउराली– मेघाङ– किम्ताङ सडक, कोलनी– आँगुटार–तुप्चे–सोले सडक कालोपत्रे, सोले–जामूने–किर्नेवगर– बुङताङ–देउराली सडक, दर्शनटार–उपल्लो डिही–कौसेनी– तारुका जोरचौतारो र सुनाखेती–पिडालुवारी–पारिजात स्कूल जाने रणनीतिक सडकले साविक ३ नं. क्षेत्रलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पु¥याउने काम लामाको पहलमा भएका महत्त्वपूर्ण काम मानिन्छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप