सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रत्न-महेश्वर स्मृतिग्रन्थ सार्वजनिक

आइतबार, २६ चैत २०७९, २० : २२
आइतबार, २६ चैत २०७९

काठमाडौँ ।  ‘रत्न-महेश्वर स्मृतिग्रन्थ’को आइताबर सार्वजनिक गरिएको छ । 

हास्यव्यङ्ग्य लेखक कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ सहितको उपस्थितिमा उक्त स्मृतिग्रन्थ कृतिको लोकापर्ण गरिएको हो ।  

उनले महेश्वर र रत्न घिमिरेका बारेमा स्मृतिग्रन्थ लेखेर महेश्वर र रत्न सन्ततीहरुले आफ्ना पितृहरुप्रति देखाएको श्रद्धा, भक्ति र समर्पण उदाहरणिय रहेको बताए ।

उनले कृतिले भावी पीढीलाई अग्रजहरुप्रति गर्ने सम्मान गर्न अभिप्रेरणा मिल्ने बताए ।

कृतिमाथि टिप्पणी गर्दै डा। रमेश शुभेच्छुले सन्तानहरु शिक्षित हुँदै गएपछि आफ्ना पुर्खाहरूको श्रद्धा र सम्मानमा स्मृति ग्रन्थहरु लेखिने भन्दै रत्नकुमारी र महेश्वरको योगदानको चर्चा गरे ।

उनले कृतिबाट आयोजक परिवारमा पिता, माता र पितृहरुप्रति श्रद्धा गर्ने क्षमता र गुण विद्यमान रहेको देखिने भन्दै उनीहरुको यस किसिमको अनुकरणीय कार्यको प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा कृतिका सम्पादक गणेश घिमिरेले स्मृतिग्रन्थको औचित्यमाथि प्रकाश पार्दै कृतिभित्र समेटिएको लेख रचनाको चर्चा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप