आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रालयबाट बाहिरिँदै कर्मचारीलाई विनोद शाहले भने–मबाट कुनै गल्ती भएको भए क्षमा चाहन्छु

आइतबार, २६ चैत २०७९, २१ : ०१
आइतबार, २६ चैत २०७९

सुर्खेत । आइतबार पदबाट राजीनामा दिएका कर्णाली प्रदेशमा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह आजै मन्त्रालयबाट बिदाइ भएका छन् । मन्त्रालयबाट बाहिरिँदै गर्दा शाहले कर्मचारीलाई कसैको दबाबमा नपर्न सुझाव दिएका छन् । 

आफूबाट कुनै गल्ती भए क्षमा माग्दै शाहले भने,‘ मैले धेरै कुरा सुनिरहेको छु, मबाट कुनै त्यस्तो दबाब सृजना भएको छ, अप्रिय व्यवहार भएको छ भने क्षमा माग्न चाहन्छु । जहिले मलाई माया गर्नुहुने छ भन्ने मलाई विश्वास छ ।’ 

साथै उनले कर्मचारीलाई राजनीतिक गर्ने व्यक्तिबाट सजग रहन समेत अनुरोध गरेका छन् । ‘राजनीतिमा आफूलाई बिर्सेर उठ्ने प्रयत्न गर्छन्, तिनीहरूबाट सजग रहनुहोला, तिनीहरूलाई परास्त गर्नुहोला,’ उनले थपे ।  

शाहसहित एमालेका तीन मन्त्रीले आइतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप