सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

डिल्लीबजारको फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीको छापा, ४ जना पक्राउ

सोमबार, २७ चैत २०७९, १२ : ००
सोमबार, २७ चैत २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३० स्थित डिल्लीबजारमा सञ्चालित फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । कन्सल्टेन्सीको आवरणका ‘किर्ते’ काम भइरहेको सुराकको आधारमा छापा मारेर चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका उत्सव सुवेदी, चितवनको राप्ती नगरपलिका–३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी छन् ।

कन्सल्टेन्सीबाट प्रहरीले विभिन्न सरकारी कार्यालयका ६ थान छाप, सरकारको छाप लगाएका कागजातहरु र कम्यूटर बरामद गरेको छ । बैंकले जारी गर्ने कागजात, मालपोत, भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्रालयको छाप र त्रिवि शिक्षण अस्पतालको छाप पनि बरामद गरिएको एसएसपी कार्कीले जानकारी दिए । आरोपीहरुविरुद्ध प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप