आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऋण नतिर्ने अभियान राज्यले सहँदैन : अर्थमन्त्री महत

सोमबार, २७ चैत २०७९, १२ : ११
सोमबार, २७ चैत २०७९

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण नतिर्ने अभियान राज्यले सहन नसक्ने बताएका छन । नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभामा बोल्दै अर्थमन्त्री महतले ऋण तिर्दिन भन्ने अभियान गलत रहेको बताएका हुन । 

उनले भने, ‘ऋण लिने र तिर्दिन भन्दै अभियान चलाउन पाइँदैन, बैङ्कबाट ऋण लिएपछि तिर्नै पर्छ ।’ व्यवसायमा आएको मन्दीका कारण समस्या आएको भए राहत दिने र केहि सहुलियत दिन सकिने उनको भनाई छ । तर ऋण नै नतिर्ने भन्ने विषय गलत छ । 

व्यवसायीलाइ परेको समस्या सम्बोधन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घसँग छलफल भइरहेको डा.महतले बताए । यस्तै सरकारले पछिल्लो समय पुँजीगत खर्च बढाउन हरसम्भव प्रयास गर्ने समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप