आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेतृत्वमा पुगेर निजी क्षेत्रलाई जीवन्त बनाउन भूमिका खेल्छु : उपाध्यक्ष श्रेष्ठ

सोमबार, २७ चैत २०७९, १३ : ३१
सोमबार, २७ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जान श्रेष्ठले निजी क्षेत्रलाई जीवन्त बनाउन भूमिका खेल्ने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सटिक सम्बोधन गर्दै श्रेष्ठले निजी क्षेत्र मैत्री वातावरण बनाउन र जीवन्त बनाउनकै निम्ती आफुले उम्मेदवारी दिएको समेत बताए ।  आइतबार साँझ वस्तुगत र एसोसिएट सदस्यसँगको भेटघाटका लागि बोलाइएको छलफलमा अन्जान श्रेष्ठले भने, ‘निजी क्षेत्रलाई जीवन्त बनाउन पर्ने आजको आवश्यक्ता छ । यही लक्ष्य र उद्देयश्सहित मैले उम्मेदवारी दिएको छु ।’

यस्तै, आफू नेतृत्वमा पुगेपछि सबैले फेरिएको महासंघ पाउने समेत श्रेष्ठको भनाइ छ ।यसबाहेक, सरकारसँग निडर बनेर निजी क्षेत्रको माग र आवश्यक्ता राख्न समेत पछि नहट्ने आफ्नो योजना रहेको श्रेष्ठले जानकारी दिए । महासंघको चुनाव नजिकिँदै गएपछि उम्मेदवारहरुले आफ्नो दौडलाई तीव्रता दिएका छन् । हिजो नै वरिष्ठ उपाध्यक्षका उम्मेदवारीहरु उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईको समेत चुनावी भेटघाट कार्यक्रमा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप