मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु, नरपथगञ्ज र एपीएफ विजयी

सोमबार, २७ चैत २०७९, २० : ०७
सोमबार, २७ चैत २०७९

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । 

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा भएको उद्घाटन खेलमा १२५ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशमलव ४ बलमा ६ विकेट गुमाई पुरो गर्‍यो । नरपथगञ्जका रवि रोयले  ३० बलमा ४० रनको योगदान दिए । उनले ३ छक्का र ३ चौका प्रहार गरेका थिए । भानु आन्दले ३३ रन बनाउँदा अमर चौधरीले २० रनको योगदान दिए । आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान २–२ विकेट लिए । सुशान्त विराजले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले १७ दशमलव ४ बलमा अलआउट भई १२४ रनमा समिति भयो । आर्मीका हरि चौहानले ४० बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । उनले ४ छक्का र ६ चौका प्रहार गरे । राजेश पुलामीले २६ बलमा ३४ रनको योगदान गरे । 

नरपथगञ्जका श्रवण वर्माले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । रबडा कुमारले २ विकेट लिए । म्यान अफ द म्याच  नरपथगञ्जका श्रवण घोषित भए । 

सोही दिन भएको दोस्रो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई  ४ विकेटले हराउँदै विभागीय टिम एपीएफ विजयी भएको छ । 

११६ रनको विजय लक्ष्य पछ्याएको एसपीएफले १७ दशमलव ३ बलमा ६ विकेटको क्षतिमा पुरा गर्‍यो । जसमा एपीएफका पुरन बिकले २७ रन,  अरुणले २६ रनको योगदान दिए । बलिङमा वाइआरसीसीका कमल खत्री, हर्षले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वाइआरसिसीले १८. ५ बलमा अलआउट भई १ सय १५ रनमा समेटियो । वाइआरसिसीका अलराउन्डर खेलाडी हर्षले ३० बलमा ४४ रन बनाए । उनले चार चौका र २ छक्का हाने । 

एपीएफका  दुरन बिकले ३.५ बलमा २६ रन खर्चेर ४ विकेट लिए । एपीएफका अमरसिंह सौटेलाले ३ विकेट लिए । २२ रन र ३ विकेट लिने अमरसिंह खेलको म्यान अफ द म्याच पनि घोषित भए । 

लिगको आधारमा हुने प्रतियोगितामा मंगलबारको पहिलो खेल वाइआरसिसी र आर्मीबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल एपीएफ र नरपथञ्च बिच हुनेछ । 

चैत २७ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता तीन वटा विभागीय टिमसहित ८ वटा टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष  नरेश श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किट पाउनेछ । 

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदूरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाइटेडको सहभागिता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप