मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आइपीएलमा बेङ्लोरविरुद्ध लखनउको रोमाञ्चक जित

मङ्गलबार, २८ चैत २०७९, ०६ : ४६
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनौ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध रोमाञ्चक जित निकालेको छ । 

एमए चिदम्बरम रंगशालामा सोमबार भएको खेलमा बेङ्लोरले प्रस्तुत गरेको २१३ रनको लक्ष्य लखनउले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१२ रनको योगफल खडा गरेको थियो । 

जितसँगै चार खेलबाट ६ अंक जोडेको लखनउ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको सातौं स्थानमा छ । 
 आइपीएलमा आज दिल्ली क्यापिटल र मुम्बइ इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप