मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

१८ तस्विरमा थरी–थरीका भेषभूषामा सांसद (फोटोफिचर)

सोमबार, २१ फागुन २०७४, १० : २२
सोमबार, २१ फागुन २०७४

काठमाडौँ । प्रतिनिधिसभाका २ सय ७५ मध्ये २ सय ७१ र राष्ट्रिय सभाका ५६ मध्ये ५५ सांसदले पथ तथा गोपनियताको सपथ लिएका छन् । आइतबार अपरान्ह ४ः३५ बजे प्रतिनिधि सभाका जेष्ठ सदस्यको हैसियतबाट राष्ट्रिय जनता पार्टीका सह–अध्यक्ष महन्थ ठाकुरले सपथ ग्रहण गराए । त्यसको केही बेरपछि राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले सपथ गराएकी हुन् ।

५० ले लिए मातृभाषामा सपथ
प्रतिनिधीसभा र राष्ट्रियसभाका गरी ५० सांसदले मार्तृभाषमा सपथ लिए । प्रतिनिधी सभामा ४७ जनाले र राष्ट्रिय सभामा ३ जनाले आफ्नो मार्तृभाषामा सपथ लिएका हुन् ।

मैथिलीमा १८, हिन्दीमा ७, भोजपुरीमा ७, थारुमा ६, मगरमा ३, नेवारीमा २, बजिकामा १, तामाङमा १, उर्दूमा १ र अवधीमा १ जनाले सपथ लिए । यता राष्ट्रिय सभामा भने मैथिलीमा २ र बजिकामा १ जनाले मातृभाषामा सपथ लिए । अन्यले भने राष्ट्रभाषा नेपालीका सपथ लिएको संघीय संसदका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । 

सपथमा आए थरी–थरी सांसद  
प्रतिनिधीसभा र राष्ट्रियसभा सदस्य पदको सपथका लागि आएका सांसदहरुले आफ्नो जातिय पहिचानको पोशाक लगाएर आएका थिए । सपथ अघि संसद भवन बाहिर उनीहरुमाथि सञ्चारमाध्यमको ध्यान केन्द्रीत भएको थियो ।  

पर्सा क्षेत्र नंं. १ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद प्रदीप यादव मधेसी पहिरन धोती, कुर्ता, गम्छा र वन्डी लगाएर आएका थिए । यता पूर्व सभामुख एवम् माओवादी नेतृ ओनसरी घर्ती मगर भेषभूषामा आएकी थिइन् । यता प्रतिनिधी सभामा प्रतिनिधित्व गर्ने नेमकिपाका सांसद प्रेम सुवाल भने नेवारी पोसाकमा आएका थिए । 

यस्तै नुवाकोट १ का माओवादी सांसद हित बहादुर तामाङ र एमालेकी सांसद नविना लामा भने तामाङ भेषभूषामा आएका थिए । यस्तै एमाले सांसद शान्ता चौधरी भने थारु भेषभूषामा आएकी थिइन् । 

यता एमाले सांसद मोती दुगढ भने राजस्थानी पोसाकमा आएका थिए । यसअघि २०६४ को संविधान सभाका सदस्य समेत रहेका दुगढले पहिलो पटक यो पोसाकमा संसद छिरेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप