आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ५४ प्रतिशतले बढ्यो

मङ्गलबार, २८ चैत २०७९, १४ : ५४
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको जानकारी दिएको छ । 

मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले श्रम स्वीकृति लिनेको संख्या ५४ प्रतिशतले बढेको जानकारी दिएको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५१ हजार ७६१ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या समीक्षा अवधिमा ८ प्रतिशतले बढेर १ लाख ९२ हजार ५५९ पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिमा यस्तो स्वीकृति लिनेको संख्या २४० प्रतिशतले खुम्चिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप