आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिन्छ : देउवा

मङ्गलबार, २८ चैत २०७९, १५ : १३
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि बहुमतको सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् । 

पूर्वप्रधानमन्त्री देउवाले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे । उनले भने, ‘आज हाम्रो पार्टी संयुक्त सरकारमा छ । भोलि बहुमतको सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो ।'

'अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन', सभापति देउवाले भने, 'तापनि हामी सबै लागेर नेपाली काँग्रेसलाई बहुमत ल्याउने तिर लाग्यौँ भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ । त्यस कारणले अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ ।'

उनले भने, 'तर अहिले गठबन्धन अति आवश्यक छ । गठबन्धन नभई सरकार बन्दै बन्दैन । त्यसैले हामी गठबन्धन सरकारमा सहभागी भएका छौँ । त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ अगाडि बढ्न । यसमा शिक्षक साथीहरूको योगदान हुने नै छ । उहाँहरूले बुझ्नु नै हुनेछ । मलाई धेरै कुरा भन्नु छैन । अझै पनि नेपाली काँग्रेस बलियो हुन जरुरी छ । नेपाली काँग्रेसको ठाउँठाउँमा जो संगठनमा समस्या छ, त्यो समाधान हुन जरुरी छ । यसमा शिक्षक संघको ठुलो भूमिका हुनेछ ।’

त्यस अवसरमा सभापति देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरूले पार्टीका लागि सहयोग गरे पनि उनीहरूको हितमा धेरै काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप