आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मसँग उत्कृष्ट टिम छ, जित सुनिश्चित जस्तै छ’

मङ्गलबार, २८ चैत २०७९, १५ : ४८
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । अन्जान श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेको बताएका छन् । 

रातोपाटीसँग कुराकानी गर्दै श्रेष्ठले महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेको बताएका हुन् ।

कुराकानीका क्रममा उनले भने, ‘महासंघको चुनावमा ३ जना व्यवसायी भिडन्तमा छौं । तर, मसँग उत्कृष्ट टिम छ र जित शुनिश्तितातर्फ गएको छ ।’

महासंघको चुनाव भोलि २९ गते प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

उक्त चुनावमा अन्जान श्रेष्ठसँगै उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई भिडन्तमा छन् । वरिष्ठ उपाध्यक्षका रुपमा आउने व्यवसायी ३ वर्षपछि स्वतः महासंघको २१औं अध्यक्ष बन्छन् । 

श्रेष्ठसँग जिल्लानगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी छन् भने वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान छन् । यस्तै, एसोसिएट उपाध्यक्षमा भरत आचार्य चुनावी मैदानमा छन् । यस्तै, जिल्लानगर, वस्तुगत र एसोसिएटतर्फका केन्द्रीय सदस्यमा समेत प्यानल बनिसकेको अन्जानले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप