सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्लोभाकिया पठाउँछु भनेर १२ लाख ठगेको आरोपमा एकजना पक्राउ

मङ्गलबार, २८ चैत २०७९, १६ : ०८
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फागुनन्द गाउँपालिका–३ घर भएर ललितपुर बस्ने एकराज नेम्वाङ छन् ।

४६ वर्षीय नेम्वाङले स्लोभाकियाको सपना देखाएर १२ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । स्लोभाकिया जान १२ लाख लाग्ने र त्यहाँ प्रति महिना २ लाख कमाई हुने सपना देखाएर उनले पीडितहरुलाई विश्वासमा लिएका थिए ।

प्रहरीले गोंगबुबाट पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप